६ मंसिर । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा उपत्यकाको न्यूनतम तापक्रमले आज (बिहीबार) पनि रेकर्ड तोडेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे जारी गरेको तापक्रम विवरणअनुसार काठमाडौँ उपत्यकाकोे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो। यो काठमाडौँ उपत्यकाका लागि यस वर्षको आजसम्मकै कम न्यूनतम तापक्रम हो। यसअघि…