१६ माघ । नेपालमा अवैध रहेको क्रिप्टोमार्फत विभिन्न अनलाइन गेम खेलाउने ७ जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । ती सबैजना सिराहाका हुन् । पक्राउ पर्नेमा सिराहाको लाहान नगरपालिका १० बोटटोलका २४ वर्षीय मिथलेश कुमार मण्डल, सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका २४ वर्षीय…