३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अर्काको नागरिकता दुरूपयोग गरी बैंक खाता खोल्ने सरस्वती खड्का पक्राउ



१५ माघ । अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाईसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्य व्यक्तिलाई चेक दिई दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ८ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।