काठमाडौं । यसवर्षको इन्द्रजात्रामा रथ तान्नेलगायतका भूमिकामा रहने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्मको बीमा गरिने भएको छ । गुठी संस्थानद्वारा यसवर्षको इन्द्रजात्राको तयारीसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पर्वमा अहोरात्र खटिनेका लागि पहिलो पटक यस्तो व्यवस्था गरिएको जानकारी दिइयो । राष्ट्रप्रमुख सहभागी हुने र देशका प्रमुखपर्वमध्ये पर्ने इन्द्रजात्रामा हनुमानढोका आसपासका मानन्धरलगायत विभिन्न समुदायका झण्डै ८०० जना…