१ पुस । काठमाडौंमा दुर्लभ वन्यजन्तु सालकको कपटा बेच्न लागेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाएँपालिका–१ की २० वर्षीया अमृत लामा, दोलखाको जिरी नगरपालिका–३ का २५ वर्षीय विशाल बस्नेत र सोही नगरपालिका–४ का २७ वर्षीय सुकविर तामाङ रहेका छन्। काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलामा दुर्लभ वन्यजन्तु सालकको खपटा बेचबिखन गर्न हिँडिरहेका छन् भन्ने…