५ भदौ । भक्तपुरको तौमडीस्थित भैरव मन्दिरबाट चोरिएको स्वर्ण तोरण स्विट्जरल्यान्डको ज्यूरिचस्थित कोलर लिलाम गृहमा पाइएको छ । यो सुनौलो तोरण सन् २०१९ डिसेम्बर ३ देखि लिलामीमा राखिएकोबारे हराएका/चोरिएका सम्पदाको अन्वेषण तथा घरफिर्तीको अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले बताएको छ । सन् १९७० मा सार्वजनिक भएको ऐतिहासिक हन्टिङ्टन अर्काइभ(जोन सी.) संकलनमा यो तोरणको तस्बिर…