१७ जेठ । काठमाडौंको पेप्सीकोलामा सुनको सिक्री लुटपाट गरेको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखले नगरपालिका १ देबिटार बस्ने ३० वर्षीय पोण्डे भन्ने विष्णु तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलास्थित गेटवे मन्टेस्वरी स्कुल अगाडि बाटोमा पैदल हिँड्दै गरेकी एक महिलाले घाँटीमा लगाएको ४ तोलाको सुनको सिक्री उनले लुटेको प्रहरीको आरोप छ ।…