१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बालेनले आफ्नो कार्यकक्षमा राखे ग्रेटर नेपालको नक्सा



२५ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कार्यकक्षा ग्रेटर नेपालको नक्सा राखिएको छ । भारत भ्रमणमा रहेका मेयर शाहको कार्यकक्षमा उनैले भ्रमण जानुअघि ग्रेटर नेपालको नक्सा राख्न लगाएको उनको सचिवालयले जनाएकाे छ ।

हालैमात्र भारतमा नयाँ सांसद भवनमा नेपालको समेत भूभागलाई समेटेर ‘अखण्ड भारत’को नक्सा राखिएको विषय सार्वजनिक भएको थियो । यसैबीच मेयर शाहको कार्यकक्षमा पनि ग्रेटर नेपालको नक्सा राखिएको हो । मेयरको सचिवालयकाअनुसार बिहीबार बिहान यो नक्सा राखिएको हो । मेयर शाहले नै भारत जानुअघि यो नक्सा राख्न दिएको निर्देशनअनुरुप यो नक्सा राखिएको हो ।

यसअघिका मेयरहरुको पालामा पनि कार्यकक्षमा नक्सा थियो । नेपाल, भारत, चीनलगायतका मुलुकहरु समावेश रहेको थ्रि डि नक्सा नदिनलालगायतका भौगोलिक कुराहरु रहेको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  १२ : ५२ बजे