ललितपुर । ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेलस्थित तपेश्वर होटलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नेपालटार बस्ने नुवाकोट घर भएकी ४७ वर्षीया शारदा बस्नेत समेत १४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४ हजार ७ सय २५ रूपैयाँ र ४ बुक तास सहित…