ललितपुर ललितपुर क्षेत्र नं. २मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । सञ्चारकर्मी हुँदै राजनीतिमा आएका उम्मेदवार जगदिश खरेल नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रेमकृष्ण महर्जनभन्दा ७ गुणा अघि छन् । प्राप्त मत परिणाम अनुसार उम्मेदवार खरेलले ३ हजार २ सय ९९ मत पाएको अवस्थामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महर्जनले४ सय ९३ मत पाएका छन् ।…