२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न पुनः आकाक्षी,कृष्णकुमार निर्विरोध



ललितखबर

राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको आज जिल्ला अधिवेशन हुँदैछ । चापागाँउको एक पार्टी प्यालेसमा विहान सुरु हुने अधिवेशनको बन्दसत्रले जिल्लाको नेतृत्व चयन गर्ने कार्यसूचि छ ।

https://www.youtube.com/@lalitkhabar

गोदावरी नगर सभापति दिलिप थापाका अनुसार नेतृत्वका लागि १८ जना नेताहरुको उम्मेदवारी परेको छ । सचिवमा कुष्णकुमार सिजापती निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला सभापतिका लागि बुद्धरत्न महर्जन र विदुर थापाले दावी पेश गरेका छन्। उपसभापतिमा सोनिका तामाङ र पुजा खत्री, सहसचिवमा अनुप सापकोटा,गीता केसी,कल्र्याण पोखरेलको उम्मेदवारी परेको छ । सदस्यहरुमा सावित्री महर्जन,कुसुम सुनुवार,सुश्मा महत,महेन्द्र अधिकारी, रामप्रसाद दाहाल, राजु लोप्चन, धिरेन्द्रकुमार श्रेष्ठ, किसनप्रसाद तिमल्सिना र जितेन्द्र महर्जनले उम्मेदवारी दिएका छन् ।

उदघाटन कार्यक्रमसँगै बन्दसत्र सुरु हुने र नयाँ नेतृत्वको निर्वाचन गरिने रास्वपाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  ९ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।