२३ जेष्ठ २०८३, शनिबार | Sun Jun 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


थानाकोटमा भिनाजुले सालोलाई छुरा प्रहारपछि निधन



काठमाडौँ
काठमाडौंको थानाकोटमा भिनाजुले सालोलाई छुरा प्रहार गरेपछि निधन भएको छ ।
प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका ३ थानकोटमा महोत्तरीका समी अहमद र जाकिर मन्सुरीबीचको घरायसी विवाद बढेपछि सो घटना भएको हो ।
भिनाजु समीले सालो मन्सुरीलाई गएराति घरायसी विषयमा विवाद बढेपछि चक्कु प्रहार गर्दा मन्सुरीको निधन भएको हो ।
जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार अभियुक्त समीलाई नियन्त्रणमा लिइएको छ । मन्सुरीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।