ललितपुर । चितवन र ललितपुर जिल्ला अदालतमा निर्माण सामग्री आपूर्तिकर्ताहरूले दायर गरेका १९ वटा मुद्दामध्ये एकको तारिखका लागि कलाकार धुर्मुस (सीता राम कट्टेल) आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। धुर्मुसमाथि विभिन्न आपूर्तिकर्तालाई तिर्नु पर्ने करिब १८ करोड ४३ लाख रुपैयाँमध्ये पञ्चकन्या स्टिल्सलाई तिर्नुपर्ने ५२ लाख रुपैयाँसम्बन्धी लेनदेन मुद्दाको आधारमा अदालतमा हाजिर हुन परेको हो।…