१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


दक्षिण ललितपुरका विद्यार्थी कलाकारसँग छमछमी नाचे




ललितखबर

गाँउघरका विद्यार्थीहरु आफ्नो विद्यालयमा गायक गायिका र कलाकारहरु विरलै देख्न भेट्न पाउछन् । पाखापखेरामा हुर्के बढेका वालवालिकाहरुलाई कलाकारसँग आफ्ना कुरा साट्न पक्कै पनि मन लाग्दो हो ।
दक्षिण ललितपुरका विभिन्न विद्यालयका विद्यार्थीहरु शनिबार गायक गायिकाहरुसँग स्वरमा स्वर मिलाएर दोहोरी गीत गाए । कम्मर कर्माइमर्काई नाचे ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल ललितपुरले दक्षिण ललितपुरको प्युटारमा आयोजना गरेको कलाकारसँग विद्यार्थी कार्यक्रममा यस भेगका विद्यार्थीहरु सहभागी भएका हुन् ।
प्रतिष्ठानका ललितपुर अध्यक्ष मिठाराम केसीले गाँउघरमा रहेका लोक संस्कृतीको रक्षाका लागि कलाकारसँग विद्यार्थीहरुको साक्षात्कार गरिएको जानकारी दिएका छन् । अध्यक्ष केसीले लोकभाका तामाङ संस्कृतीमा जीवन्त रहेको डम्फु संस्कृती जोगाउन मौलिक प्रस्तुती पस्किएको बताएका छन् । अध्यक्ष केसीले वालवालिकाहरुमा लोक संस्कृतीप्रति आर्कषण र मायाँ रहेको अनुभव गरेको ललितखबरलाई सुनाएका छन् ।
कार्यक्रममा वागमती गाँउपालिकाका अध्यक्ष विर बहादुर लोप्चनले स्थानीयबासीको माग आएको खण्डमा लोक संस्कृती जोगाउन यस्ता कार्यक्रमलाई गाँउपालिकाले बजेट राखेर प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा कालीदेवि मावि, विद्याधिश्वरी मावि, महाकालीदेवि मावि र कालिदेवि माविलगायत विद्यालयका विद्यार्थीहरुले कलाकारहरुसँग दोहोरी गीत गाएर मनोरञ्जन दिएका थिए । दोहोरी गीतमा पालिका अध्यक्ष लोप्चन लोकगायक मिठाराम केसी, वडाध्यक्षहरु र अन्य कलाकारहरुले नाचेर वातावरण रमाइलो बनाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरुलाई लोक तथा दोहोरी गीत र लोकसंस्कृतीको विषयमा प्रशिक्षण समेत दिइएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।