२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


सौगात मल्लको खुट्टाको शल्यक्रिया, ‘सिटामोल’को प्रमोसन रोकियो



काठमाडौं । अभिनेता सौगात मल्लको खुट्टाको शल्यक्रिया भएपछि चलचित्र सिटामोलको प्रमोसन अभियान केही दिनका लागि रोकिएको छ । अब उनी आइतबारपछि मात्रै चलचित्रको प्रचारप्रसारमा सहभागी हुने भएका छन्। मल्लको खुट्टाको बूढी औंलाको छेवैमा अनावश्यक मासु पलाएकाले हिँड्डुलमा असहजता भइरहेको थियो। त्यसैले उक्त मासुलाई अपरेसनमार्फत काटेर हटाइएको हो। गत आइतबार काठमाडौं मेडिकल कलेज (केएमसी) मा सफल अपरेसन गरिएको मल्लले जानकारी दिए।

उनका अनुसार डक्टरले घाउ राम्रोसँग निको होस् भनेर लामो टाँका लगाएका छन्। अब आउने आइतबार घाउको टाँका खोलिनेछ। त्यसपछि मात्रै उनी सिटामोल को प्रचारमा पूर्ण रूपमा सक्रिय हुनेछन्। राजबहादुर सानेको निर्देशनमा तयार भएको चलचित्र सिटामोल साउन २३ गतेदेखि प्रदर्शनमा आउँदैछ। चलचित्रमा सौगात मल्लसँगै अभिनेत्री बेनिशा हमाल मुख्य भूमिकामा देखिनेछिन्।

प्रकाशित मिति : १० श्रावण २०८२, शुक्रबार  ८ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।