काठमाडौं । १९ वर्षअघि सुनसरीमा भएको हत्या घटनामा संलग्न भइ जन्मकैदको सजाय तोकिएका सन्दिप धामीलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको छ। सुनसरीको बराह नगरपालिका–३ भरौलका ३८ वर्षीय धामी साउन २० गते सामाखुसीमा मिस्त्रीको रूपमा काम गरिरहेको अवस्थामा पक्राउ परेका हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार, धामी २०६३ सालमा सुनसरीका…