काठमाडौं । पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । प्रदेश अनुसार कोशी प्रदेशमा दुई लाख १९ हजार ८३, मधेश प्रदेशमा एक लाख ८१…