काठमाडौं । सरकारले ल्याएका अध्यादेश १८ माघमा संसद सुरु भएकै दिन पेस गरिने भएको छ । आज बसेको सभामुख र पाँच दलका प्रमुख सचेतकको छलफलमा अध्यादेशहरू १८ माघमा पेस गरेर २२ माघमा संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको एमालेका मुख्य सचेतक महेश बर्ताैलाले जानकारी दिए । यस्तै, भोलि ११ बजे कार्यव्यवस्था बस्ने तय भएको छ…