५ फाल्गुन २०८१, सोमबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मलेरियाबाट धन्न–धन्न जोगिएको हुँ, कोभिडले तीनपल्ट आक्रमण गर्‍यो : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बेलामा विश्वले औषधि बनाइनसकेको बेलामा आफूले विश्वास जगाउन बेसार पानीको कुरा गरेको बताएका छन् ।
उनले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप शुभारम्भ गर्दैै यस्तो बताएका हुन् ।

“हाम्रा डाक्टरहरुनै कोभिडबाट आतंकित भइरहनुभएको थियो, कोभिडको प्रचार नै भयावह तरिकाबाट भयो । धर्ती नै रहँदैन कि भन्ने अवस्थाबाट भयो । अरु औषधि नै थिएन, के भन्ने ? कतिपयले मलाई उडाए । विश्वासले मान्छे बाँच्छ । बेसार पानी नुन हालेर खाए भो नि भनेर भनेको हुँ । मैले विश्वासका लागि भनेको हुँ । हामीले मनोबल जगाउनुपर्थ्यो ।”

उनले आफ्नी आमाको बिफरका कारण निधन भएको स्मरण गर्दै आफूलाई पनि मलेरियाले पटक पटक आक्रमण गरेको बताए ।

“मेरि आमा बिफरले बित्नुभएको हो । मैले सानैदेखि नै बिफरका बारेमा सुनेँ, म पनि मलेरियाबाट धन्न धन्न जोगिएको हुँ,” उनले भने, “पहिलोमा होइन दोस्रो चरणमा तीनपल्ट कोभिडले आक्रमण गरिहाल्यो ।”

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।