काठमाडौं २९ जेठ । सुनसरी जिल्ला, धरान उपमहानगरपालिका–८ का गोविन्द तामाङले आफ्नो हराइरहेको नाती निर्भिक तामाङको खोजी गरिदिन आग्रह गरेका छन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नो ६ वर्षीय नातीको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरका हुन् । निर्भिक २०८० माघ २२ गते गोविन्द र उनीकी आमा सम्झनासँग मावली घर इलाम जिल्लाको रोङ्गे गाउँपालिका…