१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गण्डकीमा मन्त्रिपरिषद् विस्तार, फणिन्द्र र मनाङेले मन्त्रीको शपथ



२९ जेठ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।  नवनियुक्त मन्त्रीद्वय फणिन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए ।

मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् । देवकोटाले माओवादीको ह्वीप नटेरी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : २६ बजे