काठमाडौं, १ जेठ । नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ। सफा हिमाल अभियानमा खटिएको कर्णेल किशोर अधिकारीको नेतृत्वको टोलीले सगरमाथा आरोहण गरेको हो। जसमा कर्णेल किशोरसँगै कप्तानहरू दिपेन्द्रसिं खत्री, विष्णुबल राई र जवानहरू किशोर जवेगु, शंकर कुँवर छन्। उनीहरुसँगै माउन्टेन गाइडको रुपमा भोजपुरका वोङछु शेर्पा र संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा…