पाेखरा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका भनिएका हायू परिवारका सबै १६ जना सदस्य पोखराको गगनगौंडा क्षेत्रबाट फेला परेका छन्। कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार, उनीहरूलाई गगनगौंडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो। उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय सिसुवा ल्याएर आफन्तको जिम्मा लगाउने काम भइरहेको उनले…