२६ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन् । विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भएका हुन् । प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । उहाँहरु दुवै…