११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा




२५ मंसिर ०७८, भक्तपुर । नेकपा (एमाले)ले आगामी पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ । भक्तपुरमा जारी रहेको (एमाले)को दोस्रो केन्द्रीय कमिटीको बैठकले पुस २३ गते जिल्ला अधिवेशन र माघ ८ गते प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।
बैठकले एमाले सल्लाहकार परिषद्को अध्यक्षमा नेता अमृतकुमार बोहोरालाई चयन गरेको छ । एमालेको १०औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको थियो ।
आज दिउँसोदेखि जारी रहेको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, स्थायी कमिटी र पोलिटब्यूरो गठन, कार्यविभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियानलगायत १५ वटा कार्यसूची रहेको छ । बैठक आइतबारसम्म सञ्चालन हुने छ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : ५८ बजे