१८ साउन ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार मन्त्रालयमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन्। उनले पदमा रहँदासम्म आफू संलग्न व्यवसायबाट पनि अलग रहेन बताए । सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे…