२९ चैत ०७७,काठमाडौँ (रासस) । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनः थप्ने तयारी गरेको छ । यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा यो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको छ । हालको कार्यतालिकाअनुसार जिल्लाले नयाँ क्रियाशील सदस्यता…