१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अनावश्यक अक्सिजनका सिलिन्डर होल्ड गरेर नराख्न स्वास्थ्य मन्त्रालयको आग्रह




२० वैशाख ०७८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा अक्सिजनका सिलिन्डर होल्ड गरेर नराख्न अनुरोध गरेको छ । सोमबार देशभरिका सबै अस्पतालहरूलाई निर्देशन दिदैँ मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो । पछिल्लो समय नेपालमा कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिएसँगै अस्पताल भर्ना हुनेको संख्या पनि बढेको र अक्सिजन अभाव देखिएको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमणका कारण संक्रमितलाई अक्सिजन आवश्यक हुने भएको त्यसको सहज व्यवस्थापन गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।

खाली राखिएका अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न भन्दै मन्त्रालयले पत्र पठाएको हो । त्यस्तै, सर्वसाधारणहरूले अक्सिजन सिलिन्डरहरू अनावश्यक रूपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।