ललितपुर खबर २६ मंसिर ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चनले पालिकाभित्र कार्यरत ११ जना शिक्षकहरुको सरुवा गरेपछि पालिकाका शिक्षकहरु असन्तुष्ट बनेका छन् । राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई घरपायक पर्ने ठाँउभन्दा टाढा सरुवा गरेको भन्दै शिक्षक संगठन वागमतीको टोलीले पालिका अध्यक्ष लोप्चनसामु ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म उनले बेवास्ता गरेका छन् ।…