३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


वागमतीका अध्यक्ष लोप्चनले गरे शिक्षक सरुवा,संगठनको विरोध




ललितपुर खबर
२६ मंसिर ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका अध्यक्ष विरबहादुर लोप्चनले पालिकाभित्र कार्यरत ११ जना शिक्षकहरुको सरुवा गरेपछि पालिकाका शिक्षकहरु असन्तुष्ट बनेका छन् ।
राजनीतिक आस्थाका आधारमा शिक्षकहरुलाई घरपायक पर्ने ठाँउभन्दा टाढा सरुवा गरेको भन्दै शिक्षक संगठन वागमतीको टोलीले पालिका अध्यक्ष लोप्चनसामु ज्ञापन पत्र बुझाए पनि अहिलेसम्म उनले बेवास्ता गरेका छन् ।
वागमती गाँउपालिका शिक्षक संगठनका अध्यक्ष वावुलाल घलान गाँउपालिकाका अध्यक्ष लोप्चनले शिक्षकहरुको सरुवा गर्न ऐनले नदिएको बताउछन् । उनी भन्छन्,‘स्थानीय निकायको अधिनमा पालिकाका विद्यालय रहने भए पनि अहिलेसम्म ऐन बनेको छैन । यो गैरकानूनी हो ।’
संगठनका पालिका सचिव थलप्रसाद सापकोटा शिक्षकहरुले कुनै गल्ति गरेको भए स्प्रष्टिकरण दिएर सुध्रने मौका दिनु पर्नेमा त्यसो नभएको बताउछन् । उनी भन्छन्, ‘केही शिक्षक साथीहरुलाई काम गर्न अप्ठ्यारो भएको छ ।’
पालिका अध्यक्षलाई दिएको ज्ञापनपत्र समेत उनले दर्ता नगरेको बुझिएको छ । पालिकाभित्रका शिक्षकहरुसँग हातमा हात मिलाएर शिक्षा क्षेत्र सुधार गर्नु पर्नेमा पालिका अध्यक्षले अधिकारको दुरुपयोग गर्दै शिक्षकहरुमाथि राजनीतिक प्रतिशोध साधेको उनीहरुको आरोप छ ।
केही समयअघि पालिकाभित्रका करारमा कार्यरत अनुभवी र दक्ष स्वास्थ्यकर्मीहरु हटाएको भन्दै उनको विरोध भएको थियो । अध्यक्षको यस सम्बन्धमा प्रतिकृया लिन खोज्दा उनी फोन सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।