१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


दक्षिण ललितपुरको रातमाटे काभ्रे सडकको काममा ‘अनियमितता’



ललितखबर
१६ फागुन । दक्षिण ललितपुरको महाकाल गाउपालिका २ रातमाटे काभ्रे ढुंखर्क जोड्ने सडकको काममा ‘अनियमितता’ भएको पाइएको छ ।
सडकको ड्रेनमा ढुंगा भरेर सिमेन्ट र वालुवाको लेपन लगाइएको छ भने वालुवा गुणस्तरहीन प्रयोग भएको छ ।
स्थानीयहरुले ड्रेनमा धेरै ढुंगा राखेर वालुवाले छोपेको भन्दै आलोचना गरेका छन् । भने स्थानीय माटो मिसिएको वालुवा प्रयोग गरेर योजना गुणस्तरही बनाएको आरोप लगाएका छन् ।
उनीहरुको अनुसार उपभोक्ता समितीमा आफू र आफ्ना निकटमा मान्छे राखेर गुणस्तरहीन काम गराइएको र भष्टाचार गरिएको छ ।
उपभोक्ता समितीका सदस्य जीवन तिमल्सिना गुणस्तरहीन सडकको विरोध गर्ने गरेका छन् । उनलाई योजनाको विषयमा उपभोक्ता समितीले कुनै जानकारी दिएको छैन । प्राविधिक निरिक्षणको बेलामा पनि तिमल्सिनालाई खबर नै नगरी समितीका पदाधिकारी बसेर टुंगाएका थिए । स्थानीयहरु प्राविधिक दमन केसीले हेरेको काममा शंका गर्दै अर्को प्राविधिकले जाँच गरेर गुणस्तर काम गर्नुपर्ने बताउछन् । निर्माण भएको ड्रेन भत्काएर गुणस्तरयुक्त बनाउनु पर्ने उनीहरुको माग रहेको बताउछन् । स्थानीयहरु निर्माण सम्पन्न भएको वालहरु भत्काएर नयाँ गुणस्तरकामय गरे पुन बनाउनु पर्ने माग गरिरहेका छन् ।
योजनाका सन्दर्भमा कुरा गर्न टेलिफोन गर्दा समितीका सदस्य तिमल्सिनाले आफूलाई योजनाका बारेमा थाहा नभएको र प्राविधिक निरिक्षणमा पनि नबोलाएकाले भन्न नसक्ने बताए ।
समिती अध्यक्ष रामकुमार चौलागाईले अरु ठाँउमा पनि यही वालुवा प्रयोग गरिएकोले गुणस्तर नै भएको ठोकुवा गरे । अन्य योजनामा समेत गुणस्तरहीन वालुवा प्रयोग भइरहेको सन्दर्भमा उनले आफूले पनि उस्तै वालुवा प्रयोग गरेको स्वीकार गरेका छन् ।
समितीका अध्यक्ष चौलागाईले सडकको ड्रेन बनाउने क्रममा गुणस्तर कम नभएको दाबी गरे । उनले भने, टिपरले ढुंगा झारेको मुख्य सडक खुलाउने क्रममा धेरै ढुंगा प्रयोग गरेर सामाजिक सञ्जालमा फोटो हालेर बदनाम गर्ने प्रयास गरेका छन् ।’
यद्यपी सार्वजनिक तस्विरमा कामदारहरुले काम गरिरहेको देखिन्छ । उनीहरुले काम गर्ने बेलामा लगाउने पञ्जा समेत तस्विरमा लगाएको प्रष्ट देखिन्छ ।
समिती अध्यक्ष चौलागाईले साठी चालिस ढुंगा र मसला हालेर काम गर्नु भन्ने नियम दिइएको दाबी गरे ।
प्राविधिक दमन केसीले हतारमा कामदारहरुले छिटोछिटो काम गर्दा त्यसो भएको हुनसक्ने बताए । भने, ‘मैले अब राम्रो काम गर्नु भनेको छु ।’ उनले महाँकालभरि सबै योजना आफूले हेर्नुपर्ने भएकाले सधैं साइटमा बस्न गुणस्तर भए नभएको आफैंले हेर्न नपाउने बताए ।
वागमती प्रदेश सरकारको योजनामा निर्माण भइरहेको सडक विस्तार, ग्याविन, ड्रेन निर्माण भइरहेको छ ।
प्रदेश सरकारले ३० लाख बजेटमा काम भइरहेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ४ : २८ बजे