१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सुन्दर शिवालय,सयौं साधु (फोटोफिचर)


२० फाल्गुन २०७५, सोमबार  

0
Shares

 

 

ललितपुर खबर
गैशाला,काठमाडौं
२० फागुन २०७४


विश्व सम्पदामा सूचिकृत पशुपतिनाथ मन्दिर आज झकिझकाउ छ । पशुपात क्षेत्रमा रात लिमिमिलि बत्ती बल्छन् । जहाँत्यही रंग लगाएर सुन्दर बनाइएको छ । दर्शनार्थी लाम बस्न डोरी टाँगिएको छ । जुत्ता चप्पल राख्न दराज तयार छ । शिवरात्रीको दिन यस शिवालयका चारै वटा ढोका खुल्नेछन् ।

मन्दिर परिसरमा रहेको राममन्दिर आसपास सयौं भारत र नेपालका विभिन्न भु–भागबाट जोगी,सन्यासी र साधु आएका छन् । पशुपति मन्दिरपरिसरमा रहेको राममन्दिरमा उनीहरुलाई बस्ने खाने व्यवस्था गरिएको छ । शिवरात्रीको भोलीपल्ट साध’हरुलाई माला टिका लगाएर दक्षिणा दिएर विदा गर्ने चलन छ । यद्यपी पछिल्ला बर्षहरुमा ज्यादै न्युन रकम दक्षिणा दिने गरेको हुँदा पशुपति आउने जोगीहरुको संस्या घट्दै गएको छ ।

आज शिवरात्रीको दिन देशभरका शिवालयमा हिन्दु धर्मालम्बी हरुले पुजा आराधना गरेर यो पर्व मनाइदैछ । हरेक वर्ष फागुन कृष्ण चर्तुदशीको दिन शिव मन्दिरमा पुजा गरिन्छ भने रात जाग्राराम बसेर शिव भजन र्कितन गरिन्छ । यसै दिन शिव जीको प्रसादको रुपमा गाँजा भाङ्ग र धतुरो सेवन गर्ने चलन भए पनि पछिल्ला बर्षहरुमा प्रहरीले रोक लगाएको छ ।


पछिल्ला दिनमा उपत्यकामा भक्तपुरको डोलेश्वर मिन्दरमा समेत भक्तजनको भीड हुन्छ । यहाँ भारतलगायत देशका विभिन्न भु–भागबाट साधु,जोगी र सन्यासी आउने गर्दछन् ।
शिवरात्रीको सम्पूर्ण तयारी पुरा भएको पशुपति विकाश कोषले जानकारी दिएको छ । मन्दिरमा दर्शन गर्ने भक्तजनका लागि खानेपानी,स्वास्थ्य सेवालगायत व्यवस्था छ ।

शिवरात्रीका दिन ललितपुरको लेलेस्थित तिलेश्वर,झरुवाराशीको सन्तानेश्वर,सुनाकोठीको भृङ्गारेश्वर,कालेश्वरको कालेश्वरलगायत शिव मन्दिरमा पनि घुइचो लाग्ने गर्दछ ।

 

 

 

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  १२ : ०९ बजे