१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


युरोपमा नेपाल भ्रमण बर्ष २०२० उद्घाटन


२६ फाल्गुन २०७५, आइतबार  

0
Shares

लपु खबर
ललितपुर
२६ फगुन ०७५

dig

२०१९ को साँझ बर्लिनको लोगेनहाउस हलमा नेपाली राजदूत रमेश प्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत श्री दिपकराज जोशीले संयुक्त रूपमा नेपाल भ्रमण बर्ष(२०१९ युरोपको शुभारम्भ गरेका छन् । उक्त अवसरमा जर्मनीका उच्च अधिकारीहरू, टुर तथा ट्राभल व्यवसायी, नेपाली समुदाय, कूटनैतिक समूदाय जर्मनी स्थित ३०० जना भन्दा धेरै नेपालीहरु उपस्थिति रहेको थियो ।

कार्यक्रममा श्रीलंकाका पर्यटन मन्त्री जोनअमराटुङ्रा,जमैकाका पर्यटन मन्त्री एडमण्ड बर्टलेट तथा संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व महासचिव डा. तालेव रिफाइको सहभागिता थियो।

सो कार्यक्रममा गतमिति फेब्रुअरी २७, २०१९ मा हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ढयन मन्त्री श्री रवीन्द्र प्रसाद अधिकारीको स्मृतिमा एक मिनेट मौन धारण गरी समवेदना व्यक्त गरीएको थियो ।
कार्यक्रमलार्इ सम्बोधन गर्दै राजदूत श्री रमेश प्रसाद खनालले नेपाल भ्रमण बर्ष २०२० को उद्देश्य अनुरूप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आव्हान गर्दै नेपाली राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरिने र सो मार्फत जर्मनी लगायत युरोपका अन्य देशहरूमा समेत नेपाली पर्यटन प्रबर्द्धनात्मक कार्यक्रमहरू अयोजना गरिने जानकारी गराएका थिए । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण बर्ष २०२० का विभिन्न पक्षहरूबारे सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा स्वागत गर्न अवश्यक पर्ने पूर्वाधारहरूको विकास द्रुत गतिमा भैरहेको विषयमा जानकारी गराएका थिए । नेपाल अनुभव पर्यटनका लागि सही गन्तब्य भएको र २०२० को अभियानका लागि सम्पूर्ण पर्यटन क्षेत्र नै एकजुट भएर अघि बढेको उनको भनाइ थियो ।

mde

संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका पूर्व महासचिवले कार्यक्रमलार्इ सम्बेधन गर्दै नेपालको पर्यटन व्यवसायको भविष्य उज्वल रहेको र जीवनमा एक अलौकिक आनन्द प्राप्त गर्ने हो भने कम्तिमा एक पटक नेपालको भ्रमण गर्नका निमित्त उपस्थित सबैमा आव्हान गरेका थिए । नेपाल पर्यटन बोर्डका बरिष्ठ निर्देशक श्रीमती नन्दिनी लाहे थापाले सम्पूर्ण उपस्थितहरुलाई स्वागत गर्दै भ्रमण वर्षको अभियान सफल बनाउन सहकार्य गर्न अनुरोध गरे ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : २२ बजे