६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मिनकृष्णले कराँते महासंघमा उम्मेदवारी दिने


७ चैत्र २०७५, बिहिबार  

0
Shares

लपु संवाददाता
७ चैत्र ०७५,ललितपुर । ललितपुरका स्थानीय नेता तथा राखेपका पुर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले नेपाल कराँते महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
ललितपुर खबरसँग कुरा गर्दै महर्जनले आफ्ना अग्रज साथीहरुको अनुरोधपछि निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गर्दै गत महिना एकीकरणको घोषणासहित तीन महिनापश्चात् महासंघको निर्वाचन गर्न निर्देशन दिएको थियो । महासंघमा महर्जनको उम्मेदवारी दिने घोषणासँगै आकाँक्षीको संख्या बढ्ने भएको हो । युवा तथा खेलकुद मन्त्रालयले महासंघमा नेतृत्व चलनका लागि परिपत्र गरेपछि निर्वाचन हुन लागेको हो । नेपाली काँग्रेस ललितपुरको प्रदेश सांसदका लागि निर्वाचनमा उम्मेदवारी दिएर चुनाव लडेको महर्जन स्थानीय राजनीतिमा चिनिएका छन् भने राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष भएर काम गरिसकेको हुँदा उनको खेल जगतमा पनि उस्तै पडक राख्छन् । उनी कराँतेका अन्तराष्ट्रिय रेफ्री समेत हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहिबार  १० : ५७ बजे