१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरीमा खेलकुद भवनको शिलान्यास


१२ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता

१२ चैत्र ०७५,टौखेल । २ करोड ६१ लाख ६५ रुपैयाँ लागतमा ललितपुर गोदावरीस्थित टौखेलमा खेदकुद भवन निर्माण शिलाान्यास गरिएको छ । संघीय सासंद नवराज सिलवालको सासंद विकाश कोषबाट २० लाख बजेट विनियोजनना गरेर भवन शिलान्यास गरिएको हो । शनिबार संघीय सासंद नवराज सिलवाल,प्रदेश सासंद लालकुमारी पुन,गोदावरी नगरपालिकाका मेयर,गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले संयुक्त शिलान्यास गरेका हुन् ।
खेलकुद भवनमा फुटसल,व्याटमिन्टन,भलिवल,बास्केटवलजस्ता खेल खेल्नका लाागि संरचना निर्माण हुनेछन् ।
संघीय सासंद नवराज सिलवालले शहरको नजिकै एकान्त ठाँउमा खेलकुद खेल्न उर्पयुक्त खेलकुद भवन बन्न लागेको भन्दै खुशी व्यक्त गरे । गोदावरीमा बन्न लागेको यो संरचना सबैको साझा सम्पती भएको तर्क गर्दै सिलवालले भने, ‘भवन निर्माणमा राज्यको पैसा परेको हुँदा मैले बनाएको भन्ने बहस निरर्थक छ ।’
खेलकुद भवनका लागि २० लाख बजेट छुट्याएर काम शुरु गर्न लागिएको हो । मेयर महर्जनले केन्द्र,प्रदेश र स्थानीय निकाय मिलेर गाँउ गाँउमा खेलकुल विकाशका लागि संरचनाहरु ब्नाउनु पर्ने विचार व्यक्त गरे ।
प्रदेश सासंद लालकुमारी पुनले गोदावरी नगरपालिकाको चापागाँउमा ७३ करोडको लगानीमा रंगशाला निर्माण गरिने हुँदा गोदावरी खेल हव हुने तर्क गरिन् । शिलान्यास कार्यक्रममा उत्साहजनक सहभागिताले कवर्ड हल निर्माण गर्न सकिने प्रमाणित भएको उनको विचार थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : ३१ बजे