११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


भु–माफियाले खोस्रेको पाखो पखेरो


१२ बैशाख २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
१२ वैशाख ०७६, ललितपुर । काठमाडौंको काँठका कुना काप्चा,भित्तो होस वा भिर । यी पाखा पखेरातिर आँखा डुलाउदा आजकल डोजर नाचेको देखिन्छ । हिजोसम्म लह लह धान झुलेको फाँट होस् वा मुडे हातको मकै फल्ने पाखो वारी । आज यहाँ पर्खाल लगाएर घरेटी बेच्न ठिक्क पारिएको भेटिन्छ् । शनिबार वा विदाका दिन विहान हातमा फित्ता बोकेर अमिन बारी नापिरहेको भेन्टिछ । टोल टोलमा साँध मिचेको वाहानामा पाखुरा सुर्केर झगडा चलिरहेको हुन्छ ।
यी सब शहरमा जग्गा व्यापारको वाहानामा जग्गा प्लटिङ्गका कारण भइरहेको छ । टोल टोलमा खुलेका सहकारीबाट बोल्ने वित्तिकै पैसा हात पर्छ । दृष्टि बन्दकी राख्न जग्गा छदैछ । जग्गा बेच्न दलाली सधै तयार छ पैसा कमाउने पक्का ।

ललितपुरको चापागाँउ,झरुवाराशी,बडिखेल,गोदावरी,धापाखेल,विशंखुनारायण,लामाटार,लेले,देविचौर,ढुकुछापजस्ता उपत्यकाका भित्तामा जग्गा व्यापार मौलाउदो छ । हिजोसम्म टोलमा हल्लिएर हिड्ने युवा आज कार चडेको देखिन्छ । यही जग्गा व्यापारले गर्दा ।
दुई चार बर्ष अघिसम्म लाख रोपनीमा पाइने भित्तो पाखो आज डोजर लगाएर सम्याएपछि ६÷७ लाख आनामा विक्रि भइरहेको छ । बाटो पानी व्यवस्था गरे १०÷१२ लाख । पैसा कमाउने सझिलो उपाय भएको छ, जग्गा प्लटिङ्ग ।
आजकल राजधानीका चक्रपथ वरपरका शाखा सडकमा जोडिएको जग्गा ४० लाख माथि किनबेच भइरहेको छ । शाखा सडकमा जोडिएको जग्गा २५ लाख प्लस पर्छ । २० फुटे बाटो भएको ठाँउमा २० लाख हाराहारीमा जग्गा बिक्रि भइरहेको जग्गा दलाल व्यावसाय गर्ने व्यापारीहरु वताउछन् ।

जग्गा कारोबार बढ्नुको कारण ०७२ वैशाख १२ को भुकम्प पनि हो । घर भत्किएपछि धेरै गाँउलेहरु शहर पसे । उनीहरुले दुःखजिलो गरेर जग्गा किन्ने मेलो रह्यो । त्यसैले जग्गाको माग बड्यो । घर बनाउनका लागि २० फुटको जग्गा बाटोलाई छोड्नु पर्ने प्रावधानका कारण पनि जग्गा महँगो भएको हो ।

 

nlntk’/ ljz+v’gf/fo0fdf v]tLof]Uo hldgdf hUuf Knl6ª ul/b} . ;/sf/n] ah]6dfkm{t v]tLof]Uo hldg 3/]6L k|of]hgsf nflu Knl6ª ug{ /f]s nufP klg clxn] wdfwfd hUuf Knl6ª eO/x]sf] 5 . czf]s b’nfn

 

 

 

 

 

 

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ४ : ४७ बजे