११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बडिखेलमा वडाध्यक्ष कप शुरु


१४ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
१४ वैशाख ०७६, बडिखेल । शुक्रबारबाट गोदावरी नगरपालिका बडिखेलको पथ प्रदर्शक मावि परिसरमा प्रथम वडाध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिता शुरु भएको छ । वडाध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन कार्यक्रममा संघीय सांसद माननीय नवराज सिल्वाल, प्रदेश सांसदहरु माननीय लालकुमारी पुन, चेतनाथ संजेल, राजकाजी महर्जन, नेकपा ३ नं. प्रदेश सदस्य मधुसूदन पौडेल, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, नगरका वडाअध्यक्षहरु, करातेका बरिस्ठ प्रशिक्षक राम लामा,नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिङ्मा तामाङ लगायतका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिती थियो ।


गोदावरी ४ र बडीखेल शाखाको आयोजनामा हुने यस प्रतियोगिताका लागि वडाअध्यक्ष मुकुन्दबहादुर पहरीको संयोजकत्वमा प्रशिक्षकहरु र सामाजिक क्षेत्रमा अगुवाहरु, युवाहरू सहितको मूल आयोजक समिति गठन गरिएको थियो ।
आफु कराते खेलको प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद्को पूर्व बोर्ड सदस्य समेत रहेको र यस वडामा खेलकुदलाई विशेष प्राथमिकतामा राखेकोले य प्रतियोगिता आयोजना गर्न लागेको वडाअध्यक्ष पहरीले बताए । उनले भने, ‘बडीखेल शाखा डोजो स्थापना भई लामो समयदेखि कराते खेलको प्रशिक्षण भइरहेको छ । यहाँका खेलाडिहरुको प्रगतिका लागि पनि यस्ता खेलहरुआयोजना हुन आवश्यक छ ।’
कराते प्रतियोगितासँगै करातेका विविध रोचक प्रस्तुतिहरु, विविध सांस्कृतिक प्रस्तुतिहरु, पहरी समुदायको सांस्कृतिक झाँकीहरु समेत देखाइनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।