१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


वादोकाइले जित्यो ९ स्वर्ण


१६ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१५ वैशाख ०७६, वडिखेल । गोदावरी नगरपालिका ४ र बडीखेल शाखा डोजोको संयुक्त आयोजनामा भएको कराते प्रतियोगितामा ९ स्वर्ण १ रजत र ४ कास्य सहित वादोकाई कराते टिम च्याम्पियन भएको छ । उसले २५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । ५ स्वर्ण ४ रजत र ७ कास्य सहित ग्लोवल भिजन स्कलर स्कुल नागर्जून टिम द्वितीय भयो । उसले रु १५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
आयोजक बडीखेल डोजोले ३ स्वर्ण ३ रजत र ७ कास्य सहित टिम च्याम्पियन तृतीय भई १० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । नेपाल कराते महासंघ अन्तर्गत रहेका विभिन्न राष्ट्रिय संघहरु खेलाडीहरु, विभिन्न जिल्ला तथा शाखा डोजोहरु गरि जम्मा ३७४ जना खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको पुरुष तर्फ गोदावरी डोजोका शुभ सिल्वाल र महिला तर्फ आयोजक बडीखेल डोजोका उर्शला पहरी सर्वाेत्कृष्ट खेलाडी हुन सफल भए । उनीहरुलार्ई रु.३ हजार सहित ट्रफि तथा प्रमाणपत्र प्रदान गरिएको छ । उदियमान खेलाडीमा महिला तर्फ सिन्धुपाल्चोकका ज्यानु तामाङ र पुरुष तर्फ हायासी हा सितोरियो करातेका मिलन तामाङ घोषणा गरिएको थियो । उनीहरुलाईरु. २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा अनुशासित टिम के जेट आई वादोरियो कराते टिम बन्न सफल भएको छ ।
प्रतियोगितामा खुल्ला पुरुष किक बक्सिङ प्रतियोगिता पनि आयोजना गरिएको थियोे । फाईनल खेलमा गोदावरी डोजोका सोनम थिङ तामाङले बडीखेल डोजोका सुवास पहरीलाई पराजित गरि च्याम्पियन बन्न सफल भए । प्रथम हुन सफल सोनम तामाङले रु. १००००, द्वितीय हुन सफल सुवास पहरीले रु.५००० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए । किक बक्सिङमा थानकोट डोजोका भिम शाक्य र महांकालका आयुस न्यौपाने तृतीय हुन सफल भई जनही रु. २००० सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा विजयी खेलाडीहरुलाई समापन समारोहमा प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री माननीय युवराज दुलाल, प्रदेश शभा सांसद लालकुमारी पुन, कोञ्ज्योसोम गाउपालिका अध्यक्ष गोपिलाल तामाङ, गोदावरी नगरपालिकाका कानुनी सल्लाहकार गणेश आचार्य, गोदावरी नगरपालिका ६ का अध्यक्ष विष्णुमान महर्जन, नेपाल अन्तरास्ट्रिय रेफ्री छत्र आले, कराते बरिस्ठ प्रशिक्षक मोहन महर्जन, नेकपा नेता पुरुषोत्तम आचार्यलगायतको हातबाट पुरस्कार वितरण गरिएको थियोे । प्रतियोगिता गोदावरी नगरपालिका ४ को मुकुन्द बहादुर पहरीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । प्रतियोगिता कराते खेलका एसीयन रेफ्री गंगालाल श्रेष्ठको रेफ्री संयोजकत्वमा सम्पन्न भएको कराते प्रशिक्षक तथा राष्ट्रिय निर्णायक चिन लामाले वताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ५ : २२ बजे