५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सहकारी नियमावलीबारे अन्र्तक्रिया


६ जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संसाददाता
६ जेठ ०७६, ललितपुर । नयाँ सहकारी ऐनको सन्र्दभमा ललितपुरमा अन्र्तक्रिया आयोजना गरिएको छ । अनालसइतबार ललितपुरमा आयोजित कार्यक्रममा सरकारले ल्याएको नयाँ नियमावलीका अन्र्तबस्तुमााथि सरोकारवालाहरुबीच गम्भिर बहस भएको हो । कार्यक्रममा भूमि व्यवस्था तथा सहकाारी सचिव गोपिनाथ मैनाली सहभागी थिए ।


मैनालीले नियमावली कार्यान्वयन गर्न सरकारलाई सघाउन सहकारीकर्मीहरुलाई अनुरोध गरे । उनले भने, ‘सहकारी अभियानलाई समृद्ध बनाउन नियमावली परिमार्जन आवश्यक थियो । तत्काल सरकारले सहजीकरणमात्रै गर्छ । विकृति बढे कडा रुपमा अघि बढ्नेछौं ।’ मैनालीले स्थानीय सरकारले सहकारीलाई व्यावसायको रुपमा लिएर कर बढाएकोमा असन्तुटी व्यक्त गरे ।
कार्यक्रममा सहकारी विभागका उपरजिष्टारशशीकुमार लम्सालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका अध्यक्ष केवि उप्रेती,ललितपुर जिल्ला सहकारी संघका अध्यक्ष माधव दुलाल,राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मिननाथ कँडेल,ललितपुर महानगरपालिका सहकारी शाखा प्रमुख चन्द्रमान डंगोललगायतलाई संद्दका अध्यक्ष रामहरी बजगाईले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार  १ : १० बजे