५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुर उद्योग वाणिज्य संघ योजना तयार पार्दै


९ जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता

९ जेठ ०७६, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले एकदिने गोष्ठी होटल ललितपुरको गोदावरीमा सम्पन्न गरेको छ । गोष्ठीमा संघका अध्यक्ष, पदाधिकारी, सदस्यहरु र कर्मचारीहरुको समेत सहभागीता थियो ।

संघका अध्यक्ष श्री कृष्णलाल महर्जनले गोष्ठीको उद्देश्य, महत्वमाथि प्रकाश पारेका थिए । उनले कार्यसमितिको बांकी रहेको कार्यकालको लागि बांकी योजनाहरु र थप योजनाहरु बारे सैद्धान्तिक र रणनीतिक खाका तयार पार्ने विषयमा राय दिएका थिए । उनले संघका १७ वटै कार्यगत समितिका संयोजकहरुले आ ( आफ्नो समितिको कार्यक्रमहरु प्रस्तुत प्रस्तुत गरे ।

कृष्णलाल महर्जन, वरिष्ठ उपाध्यक्ष श्री भरत लाल जोशी र प्रमुख श्रोत व्यक्ति एवं सहजकर्ता श्री राजेन्द्र बहादुर श्रेष्ठले धन्यवाद दिएका थिए ।

वि.सं. २०२३ चैत्र ४ गते स्थापना भएको यस संघले भिजन, मिशनका साथ स्थानीय व्यवसायीहरुको हकहित संरक्षण र प्रवद्र्धनका लागि विभिन्न कामहरु गर्दै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ९ : ०१ बजे