५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोेदावरी कुण्डको पुर्ननिर्माण तिव्र


१५ जेष्ठ २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१४ जेठ ०७,गोदावरी । ललितपुरको गोदावरीकुण्डमा नयाँ संरचना निर्माण कार्य भइरहेको छ । गोदावरी कुण्ड संरक्षण तथा ब्यबस्थापन समितिले तयार पारेको दीर्घकालिन योजना अन्र्तगत गोदावरी नगरपालिकाद्वारा गुरूयोजनालाई अगाडी बढाउन बिनियोजित कुल एक करोड रूपैयाँबाट दुईवटा निर्माण उपभोक्ता समुह गठन गरी निर्माण कार्यलाइ अगाडि बढाइएको छ । दीर्घकालिन योजना पुरा भएपछि गोदावरी कुण्ड परिसर सुन्दर हुनेछ ।


गंगा गोदावरी सिद्धेश्वरी महादेव मन्दिरको ढोका निमार्ण भइरहेको छ । पाँचधारामाथि पञ्च महाभूत पाँचमुखे झ्याल राखिएको छ । पञ्चदेवल परपर सुधार हुनेछ भने कुण्ड वरपर पर्खाल लगाइनेछ ।
गोदावरीमा सप्तऋषिमध्य गौत्तम ऋषिले तपस्या गरेको पवित्र स्थलको रुपमा लिइन्छ ।
यहाँ हरेक वाह्र वर्ष भदौ महिनाभर मेला लाग्छ । मेलाका वखत गोदवरी कुण्डमा स्नान गरिन्छ । मेला भर्न देशभरबाट हिन्दु धर्मालम्बीहरुको घुइचो लाग्छ ।


गोदावरी धार्मिक पर्यटनसँगै पर्यापर्यटनका लागि पनि प्रसिद्ध छ । गोदावरीको वोटानिकल गार्डेन घुम्न देशभरबाट हजारौं आन्तरिक पर्यटक आउछन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार  ११ : ०२ बजे