५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउमा सिद्धार्थ बैकको नयाँ शाखा


२० जेष्ठ २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२० जेठ ०७६,चापागाँउ ।
मध्य तथा दक्षिण ललितपुरको केन्द्र चापागाँउमा क वर्गको सिद्धार्थ बैकको १५३औं शाखा नयाँ शाखा खुलेको छ । जेठ १३ गतेबाट कारोबार शुरु गरेको शाखा प्रमुख प्रकाश रायमाझीले जानकारी दिए । उनका अनुसार खाता खोल्ने,वचत लिने काम शुरु भइरहेको छ ।
राष्ट्र बैंकको सवै पालिकामा शाखा पु¥याउने लक्ष्य अनुरुप सिद्धार्थ सिद्धार्थ बैकले गोदावरी नगरपालिकाको केन्द्रमा यो शाखा सञ्चालन गरेको हो । यद्यपी चापागाँउमा अर्को क वर्गको माछापुच्छ्र्रेको पनि शाखा केही र्अघि खोलि सकेको छ । नेपाल बैक लिमिटेडको भने पहिलेदेखि नै चापागाँउ बजारमा शाखा छ । केही महिना अघि ख बर्गको ज्योति विकाश बैंकको पनि प्याङ्गगाँउ बजारमा शाखा खुलिसकेको छ । अर्को क वर्गको बैक सानिमा बैंकले चापागाँउमा शाखा विस्तार गरे पनि केही समयअघि सातोवादोमा सारेको थियो ।


‘चापागाँउ एउटा उदाउदो बजार रहेको हुँदा हामीले प्रगति गर्ने अपेक्षा छ ।’ रायमाझीले ललितपुर खबरसँग भने ।

ज्योति विकाश बैंक हुनु पर्नेमा भुलवश अन्यथा भएकोमा क्षमा प्रार्थिी छौं । धन्यवाद

प्रकाशित मिति : २० जेष्ठ २०७६, सोमबार  १० : ३४ बजे