ललितपुर खबर फोटोग्राफी
२३ जेठ ०७६, लगनखेल । मच्छ्रिन्द्रनाथको रथ विहीबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल पु¥याइएको छ । विहीबार साँझ ५ बजे लगनखेलको इटिटोलमा गुरुजुको पल्टनले बढाई गरेपछि कुमारी पाटी मानभवन हुँदै जावलाखेल चोक पु¥याइएको हो । यस वर्षको अन्तिम रथ यात्रा हेर्न खोकना, बुङ्गमती,हरिसिद्दि, ठेचो, सुनाकोठी, चापागाँउ किर्तिपूर र भक्तपुरलगायतबाट असंख्य यात्रुहरु पाटन आएका थिए ।
मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल तर्फ लैजादै । भिडियो ः ललितपुर खबर
मन्छिन््रनाथको रथसँगै स–साना केटाकेटीहरुले मीननाथको रथ तान्दै जावलाखेल पु¥याएका थिए । आजै पाटनको कुमारीपाटी मानभवन जावलाखेललगायतका विभिन्न टोलमा आफन्त बोलाएर भोज खुवाइयो ।
आज पु¥याइएको रथको चारै कुनाबाट आगामी आइतबार राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा भोटो देखाइने कार्यक्रम छ । आइतबार उपत्यकामा सार्वजनिक विदा दिने चलन छ ।
हेरौं ललितपुर खबरको लेन्सबाट देखिएका केही रोचक दृश्यहरु ः
प्रतिक्रिया