५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आनको बार्षिकोत्सवमा वडाध्यक्षको स्वास्थ्य परिक्षण


३० जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
२९ जेठ ०७६, काठमाडौं । नेपाल विज्ञापन संघले बिहीबार आयोजना गरेको २९औँ वार्षिकोत्सवमा काठमाडौं ३१ का वडाध्यक्ष नारायण प्रसाद भण्डारीको स्वास्थ्य परिक्षण गरी गरिएको छ । वार्षिकोत्सवको अवसर पारेर संघले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा वडाध्यक्षको पनि निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।


आनले आफ्नो वार्षिकोत्सव नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा कार्यालय भवन परिसर शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सो अबसरमा निःशुल्क स्वास्थ्य शिविरबाट ८० जना व्यक्तिहरू लाभान्वित भए भने रक्तदानबाट २२ पिन्ट रगत संकलन गरिएको थियो ।
उनले आनले यस्ता कार्यक्रमहरुको आयोजना गरी आफ्नो सामाजिक दायित्व पूरा गरेको बताउँदै आनले समग्र वडाको विकासमा पुर्याएको योगदानको पनि प्रशंशा गरे ।
मेडिसिटि अस्पतालका महाप्रबन्धक विजय रिमाल र योगिक समाज नेपालका अध्यक्ष पुरुषोत्तम अधिकारीले पनि आनले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत सामाजिक काममा खेलेको भूमिकाप्रति प्रशंसा गरे ।


आनका अध्यक्ष रबिन्द्र कुमार रिजाल ‘शशी’ले जनहितका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा आनका वर्तमान तथा पूर्व पदाधिकारी तथा विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०७६, बिहिबार  १० : २३ बजे