५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरमा बाढीको वितण्डा


२८ असार २०७६, शनिबार  

0
Shares

लपु संवाददाता
२८ असार ०७६, ललितपुर ।देशभर विहीबारबाट शनिबारसम्म परेको अविरल वर्षाका कारण वाढीले वितण्डा मच्चाएको छ । झरिका कारण ललितपुरको दक्षिण भेगमा पहिरोले धेरैको घरबास जोखिममा छन् । ।
शनिबार साँझसम्म ललितपुरमा ६ जनाको मृत्यु भएको खबर छ ।
बागमती गाउँपालिकाको प्युटारमा एक जनाको लास भेटिएको छ । त्यो लास वागमतीले बगाएर ल्याइएको आशंका छ । लास चिन्न नसक्ने अवस्थामा भेटिएको हो ।

बुखेलका अविरल गोले पनि बाढीमै परेका छन् । बागमती गाउँपालिका बगुवामा पहिरोले पुरिँदा सरोज जिम्बाको ज्यान गएको छ भने कुसुन्तीका सुवेस बस्नेतको नख्खु खोलामा चिप्लिए बगाउदा मृत्यु भएको छ । महांकाल गाउँपालिका पानामाया लो र सन्दीप लो घाँस काट्न जाँदा पहिरोले पुरिएर मृत फेला परेका छन् । गिम्दीका सीता रानाको पनि बाढीकै कारण मृत्यु भएको खबर छ ।
ललितपुरका पहाडी क्षेत्रमा दर्जनौ पहिरो गएका छन् । पहिरोसँगै धेरै घरहरु जोखिममा छन् ।

प्रकाशित मिति : २८ असार २०७६, शनिबार  ११ : ३३ बजे