५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


सिंहदरवारको झाडीमा थोत्रा गाडी


४ श्रावण २०७६, शनिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
देशको प्रमुख प्रशासकिय केन्द्र सिंहदरवार । सबैलाई लाग्दो हो – यो भव्य सिंहदरवारमा जहाँ त्यही सफा सुग्घर छ । फूलबारी नै फुलबारी छ । फोहोर र झाडी यहाँ कतै छैन होला ।
तर होइन
सिंहदरवारमा मन्त्रालयको कुना कञ्दरामा झाडी नै झाडी छ । जहाँ पुराना गाडी, मेचटेवुललगायतका कवाडी सामान फ्याकिएका छन् ।


सिंहदवारको परराष्ट्र मन्त्रालयमा मन्त्रालय भित्र बगैचामा झाडीले ढाकिएको देख्न सकिन्छ । यो झाडीमा झण्डै आधा दर्जन गाडी फ्याकिएका छन् । मर्मत गरेर चलाउन मिल्ने जस्तो देखिने यी गाडी झरि,घाम र रुखका पात–पतिङ्गगरले दिनानुदिन बिग्रिरहेका छन् ।
सिंहदरवारका हरेक पाकिङ्ग अस्तव्यस्त छन् । यहाँ पुग्दा लाग्छ हरेक मन्त्रालयका पाकिङ्ग कवाडीखाना हो जस्तो लाग्छ ।
पुर्ननिमाण प्राधिकरण परिसरमा यस्तै दर्जनको संस्यामा सेतो नम्बर प्लेट राखिएका मोटरसाइकल थुपारिएको छ । मोटरसाइकल टुटेफुटेका र विग्रेको अवस्थामा छन् । शायद समयमै बनाएर चलाएको भए चल्थे ।


अर्थमन्त्रालय अगाडिको पार्किङ्गमा तीन दर्जन भन्दा धेरै पुराना गाडी राखिएका छन् । झारपात र रुखहरुको झाडीमा लुकेका यी गाडी करोडसम्म पर्ने गाडी हुन् । सरकारी अधिकारीहरुले गाडी फेरेपछि यी झडीमा आइपुगेको एक कर्मचारीले वताए ।
माइतीघर मण्डलासँगै रहेको स्वास्थ्य मन्त्रालयको पाकिङ्गको हालत पनि उस्तै छ । यहाँको झाडीका पुराना गाडी राखिएका देखिन्छन् । बबवर महालको वन विभाग परिसरमा यस्तो थोत्राबस र गाडी रुखको बीचमा अड्याइएको छ । हेर्दा कुनै काम लाग्ने देखिन्न ।

मुलुकको प्रमुख निकाय सिंहदरबार थोत्रा सवारी थन्क्याउने कवाडीखाना जस्तै छ ।

लाखौं पर्ने मारुती, स्कारपिओदेखि ल्यान्डक्रुजर, मित्सुविसी, टोयोटाका साथै दुई करोडभन्दा धेरै मोल पर्ने बेन्चकारसम्मका बिलासी गाडीहरू सिंहदरबार परिसरभित्रका झाडीहरूभित्र छन् । त्यतिकै संख्यामा रहेका मोटरसाइकल, बस र अन्य सवारी छन् ।

सिंहदरबार परिसरभित्र मात्रै विभिन्न ब्रान्डका गरी करिब सयभन्दा बढी गाडीहरू परिसर, आँगन र झाडीमा मिल्काएका छन् ।


सबैभन्दा बढी गाडीहरू गृह, परराष्ट्र र वनमा छन् । गृह मन्त्रालयमा मात्रै ३० देखि ४० वटासम्म गाडीहरू रहेका छन् । त्यस्तै परराष्ट्र र वनमा पनि त्यतिकै संख्यामा गाडीहरू छन् ।यहाँ रहेका केही गाडी केही समयअघि लिलामी भएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार  १२ : ३५ बजे