५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


हिमाम्मे धापाखेलमा नागपञ्चमी मेला (तस्विरहरु)


२० श्रावण २०७६, सोमबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
२० साउन ०७६, धापाखेल ।आज नागपञ्चमीको दिन ललितपुरको धापाखेलस्थित नागदहमा श्रद्धालुहरको भीड लाग्यो । विहानदखि परेको पानीका कारण नागदह वरपरको हिलो बाटोमा दर्शनार्थीहरु सास्ती खेपेर ओहोर दोहोर गरिरहेका थिए ।


नागदह वरपर पर्खाल लगाउने काम भइरहेकाले निर्माण सामाग्रीका कारण बाटो अप्ठ्यारो थियो । निर्माणका क्रममा माटो जताततै फ्याकिएको कारण बाटो हिड्नै नसक्ने हिलो देखिन्थ्यो ।
एकाविहानैदेखि ललितपुरको चापागाँउ,ठेचो,सुनाकोठी,झरुवाराशी,गोदावरी,लेलेलगायत काठमाडौंर भक्तपुरबाट समेत सयौंको संख्यामा नागदह पुगेका भक्तजनहरुको भीड थियो । नागदह मन्दिरमा दर्शन गर्नुअघि नागदह किनारमा लामो लाइन देखिन्थ्यो ।


पूजाआजापछि नागदहमा ढुंगा शयर गर्नेको भीड थियो । नागदह जाने बाटो वरपर दर्जनौको संख्यामा हाटबजार लागेको थियो ।नागदह वरपरका क्याफेमा पनि उत्तिकै दर्शनार्थीको भीड थियो ।
नागदह मेला व्यवस्थापन समितीका सस्वयम् सेवकहरु भने पार्किङ्ग व्यवस्थापन सँगै सवारीसाधनसँग चिट दिएर पैसा उठाइरहेका देखिन्थे ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १ : ११ बजे