५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आगलागीपछि सुविसुको इन्टरनेट खुलेन, उपभोक्ता मारमा


२३ श्रावण २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
२३ साउन ०७६, ललितपुर
। इन्टरनेट प्रदायक कम्पनी सुविसुको केन्द्रिय कार्यालय वालुवाटारमा आगलागी हुँदा राजधानीका उपभोक्ताले सास्ती पाएका छन् । बुधबार दिउँसो काठमाडौंको वालुवाटारस्थित केन्द्रिय कार्यालयको जेनेटर स्टेशनमा राखिएको पेट्रोलमा आगो लागेपछि अनियन्त्रित आगलागीबाट याँहाको डाटा सेन्टर ध्वस्त भएको थियो ।
केन्द्रिय कार्यालयका डाटा सेन्टर ध्वस्त भएपछि राजधानीको अधिकांश स्थानमा इन्टरनेट र केवुल टिभी अवरुद्ध छ । सेवा अवरुद्ध भएसँगै इन्टरनेट सेवा प्रदायक केन्द्रिय कार्यालयको टेलिफोन सेवा बन्द भएपछि उपभोक्ता अलमलमा परेका छन् ।
कम्पनीले बुधबार साँझ उपभोक्ताहरुलाई एसएमएस पठाएर चाडै नै सेवा सुचारु गर्ने सुचना दिए पनि कहिलेसम्म इन्टरनेट खुल्ने हो उल्येख छैन ।
सुविसु कम्पनीका इन्टरनेट मर्मत सम्भारमा संलग्न एक प्राविधिकका अनुसार राजधानीका केही ठाँउमा इन्टरनेट चले पनि केवुल टिभी भने देशभर अवरुद्ध छ । उनका अनुसार अहिले सरसामान जडान भइरहेकाले विहीबार साँझसम्म इन्टरनेट सञ्चालनको तयारी भइरहेको छ । अहिले ललितपुरको सुनाकोठी, ठेचो र चापागाँउ क्षेत्रको इन्टरनेट पनि बन्द छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार  १ : ५२ बजे