५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ललितपुरको भेलामा भाषणपछि नेता भागे,मञ्च रित्तै


२५ श्रावण २०७६, शनिबार  

0
Shares

लपु संवाददाता२५ साउन ०७६, ललितपुर । व्याज दर सिमाको आवाज बुलन्द परिरहेका सहकारीकर्मीहरुको विरोध थेग्न नसकेर सहकारीका नेतृत्व वहसबाट भाग्न थालेको छ । ललितपुरको थसीखेलमा शुक्रबार भएको भेलामा सहकारीको सन्र्दभमा व्याजदर सम्बन्धि अन्तक्रिया कार्यक्रममा सहभागी सहकारीका नेताहरु सहकारीकर्मीहरुको विरोधका प्रश्न थेग्न नसकेर भाषण ठोकेर काम छ भन्दै अन्तक्र्रिया छोडेर गएका हुन् ।
कार्याक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल,उपाध्यक्ष मीनराज कँडेल,सहकारी विभागका रजिष्टार डा।टोकराज पाण्डेलगायत सहकारी अभियानका नेताहरु अन्र्तक्रिया स्थल छोडेर गएपछि मञ्च लगभग रित्तै देखिन्थ्यो ।
अघिल्लो दिन काठमाडौंको भेलामा मञ्चबाटै मुर्दावादको नारा समेत लागेपछि सम्भावित विरोधको स्वर थेग्न नसक्ने अवस्थाको अनुमानमा उनीहरु प्रश्नै नसुनी बैठकबाट बाहिरेका थिए ।
अन्तक्रियामा सहकारीकर्मीहरुका जायज प्रश्नको जवाफ नदिई फर्केको भन्दै सहभागीहरुले विरोध गरेका छन् ।
ललितपुरका विभिन्न सहकारी संघहरुले आयोजना गरेको यस अन्तक्र्रियामा ललितपुरका उल्यख्य सहकारीकर्मीहरुको उपस्थित थियो । कार्यक्रम स्थलको ठूलो हल भरिएपछि धेरै सहकारीकर्मी उभिएर नेताहरुको भाषण सुनिरहेको देख्न सकिन्थ्यो ।
ंअन्र्तक्रियामा बोल्ने क्रममा जिल्लाका सहकारी अभियानका संलग्न नेतृत्वले व्याजदर तोक्ने सम्बन्धमा प्रश्नको वर्षा गरेका थिए । ललितपुर सहकारी संघका अध्यक्ष माधव दुलालले सहकारीको स्वनियममा चल्ने संसारभरको प्रचलनमा यो व्याजदर सिमा सहकारीमाथि अंकुश हो की होइनरु भनेर प्रश्न गरे । उनले सहकारी विभागले जारी गरेको प्रेस विज्ञप्तीमाथि प्रश्न गर्दै भने यो विज्ञप्ती सहकारीको ऐन र नियम बमोजिम छ कि छैनरुभनेर प्रश्न तेर्साए ।
उनको अर्को अर्को प्रश्न थियो यो व्याज दर सिमा गत साउन १९ गतेबाटै कार्यान्वयन हुन्छ तरु
गाँउ र शहरमा छुट्टा छुट्टै व्याजदर लगाउन नसकिएको विषय उनको अर्को जिज्ञाशा थियो । दुलालले दर्जनको संख्यामा सोधेका प्रश्नले मञ्चमा बसेका सहकारी अभियानको नेतृत्व पंक्ति जिल्ला परेका थिए । वहुउद्देश्यीय सहकारीका शरद कुमार महर्जनले सहकारी ऐन जारी गर्दाको बखतबाटै सहकारी आन्दोलन कमजोर पारिएको आरोप लगाउदै नेतृत्वमाझ कठीन प्रश्न तेर्साएका थिए ।
सहकारी अभियानका नेतृत्व गरिहरेका जिल्लाका नेतृत्वबाट नै कडा प्रश्न आउन थालेपछि महासंधका उपाध्यक्ष मीनराज कँडेलले गोलमटोल जवाफ फर्काएका थिए ।
कँडेलले क बर्गका बैक,सहकारी बैंकर लघुवित्त आादि वित्तिय संस्थाहरुले प्रचनमा ल्याएका व्याजदरको औषत व्याज १४।५ रहेको अनुसन्धानबाट खुलेपछि १६ प्रतिशत व्याज सिमा राख्न सहमती भएको तर्क गरे ।
सहकारी विभागका रजिष्टार टोकराज पाण्डे नरम रुपमा प्रस्तुत भए । सहकारी विभागले सुझबुझपूर्ण निर्णय गरेको दाबी गर्दै आवश्यक परे परिमार्जन सर्ग सकिने राय व्यक्त गरे ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल भने कडै रुपमा प्रस्तुत भए । उनले साग काट्न बन्चरो प्रयोग नगर्न चेतावनी दिदै भने वयाजदर सिमा फिर्ता सिर्ता हुदैन । उनले २ प्रतिशतसम्म सेवा शुल्क लिने व्यवसथा भने गर्न सकिने बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार  ९ : ३३ बजे