५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्राहक झुक्याउदै सुविसु इन्टरनेट


२६ श्रावण २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२६ साउन ०७६,ललितपुर
। इन्टरनेट प्रदायक कम्पनी सुविसुको मुख्य कार्यालय वालुवाटारमा आगलागीपछि २४ घण्टाभित्र सेवा पुनः सुचारु गर्ने सूचना जारी गरेपनि पाँच दिनसम्म ग्राहकलाई इन्टरनेट दिन सकेको छैन ।
लामो समयसम्म इन्टरनेट बन्द हुदा सुविसुका ग्राहक अलमलमा परेका छन् । चापागाँउका एक ग्रहकले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘आजलागी भएको भनिएको छ, इन्टरनेट आउने हो की होइन पत्तो छैन, नफोन उठ्छ । न सुचना आउन । नआउने हो भने भन्दिए हुन्थ्यो हामी अरु नै इन्टरनेट जोड्थ्यौ ।’
सुविसुको इन्टरनेट सेवा पटक पटक अवरुद्ध हुन थाले पछि ग्राहकहरु अर्को इन्टर नेट जोड्ने थालेका छन् ।
इन्टरनेट आउने नआउने बुझ्न सुविसुको टेलिफोन गर्दा फोन लाग्दैन । पहिलो दिन चाडै सेवा सुचारु हुने सन्देश सहितको एसएमएस पठाए पनि त्यसपछि कुनै सुचना दिएको छैन ।
सुविसुका ललितपुर हेर्ने नारायण जोशीले कही सेवा सुचारु भएको कही नभएको जानकारी दिए । तर चापागाँउ क्षेत्रमा इन्टरनेट अझै आएको छैन ।

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार  १० : ४५ बजे